काठमाडौं । धितोपत्र मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार (चैत १६) पनि उच्च अंकले घटेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।
बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको दोस्रो दिनको कारोबारमा पनि ठुलो गिरावट आएको छ ।घटेको बजारमा १२ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार भने १५ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
आजको बजारमा कुल २३७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने जम्मा २६ कम्पनीको मूल्य मात्र बढेको छ। ५ वटा कम्पनीको मूल्य भने स्थिर छ ।
यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ ।
गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ६८ करोड ४१ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ४३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार