वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौँ | युगान्डामा जारी वुमन्स डे टी–२० सिरिजको तेस्रो स्थानका लागि हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा रहेको थियो ।

नेपालले सिरिजमा युगाण्डा र हङकङसँग समान १ जित र हार बेहोरेको थियो । नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । उता, हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो ।आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदै छ।  साविक विजेता समेत रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा सानदार जित हात पारेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो। भोलिको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। चारदेशीय टी–२० शृङ्खलामा आजै बेलुकी पौने ५ बजे उपाधिका लागि आयाेजक युगान्डा र नामिबिया खेल्दैछन् । युगान्डा ८ अङ्कसहित शीर्ष र नामिबिया ६ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् ।

 

प्रतिक्रिया