सिंगापुर बाट फर्किए देउवा दम्पती, स्वागत गर्न पुगे कार्यवाहक सभापति खड्का

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा नेपाल फर्केका छन् । 


   भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परि घाइते भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर आज नेपाल फर्केका हुन् । पार्टी केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै उपसभापति पुर्णबहादुर खड्कालाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी तोकेर कार्तिक १० गत्ते देउवा श्रीमती आरजु संग  उपचारका लागि सिंगापुर गाएका थिए ।

 १८ दिनपछि उनीहरु स्वदेश फर्केका देउवालाई स्वागत गर्न कार्यवाहक सभापति पुर्णबहादुर खड्का , पार्टी प्रवक्ता डा. प्रकाश शरण महत र स्वकीय सचिव भानु देउवा विमानस्थल पुगेका थिए। ।

प्रतिक्रिया