काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । आज बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आइतबार कारोबार रकममा पनि गिरावट आएको छ। गत कारोबार दिन अर्थात् बुधबार आठ अर्ब २३ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४० करोड रूपैयाँ कमी आएको हो।
आज ३१६ वटा धितोपत्रको एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएको हो। आज सामुदायिक लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनीको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचकमात्र वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन गएको बुधवार ८ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ६ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार