कोशी लगानी सम्मेलन : सर्वाेच्च शिखर सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्न नपर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथाको अर्काे नाम नरहेको बताएका छन् ।कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को विहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे ।


 उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लगानीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले  प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र सङ्घीय वारेस बनेर सहजीकरण गर्ने बताए। 


हिमालको चर्चा गर्ने क्रममा प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको दाबी गरे । ‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको उनले बताए।

 

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, ‘म युवाहरुलाई भन्न चाहान्छु, जागिरको खोजीमा नभौँतारिनुुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’ प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए ।

 

प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै टे«ड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए 

 

विश्वमा सन् २०५० सम्म २२ प्रतिशत ऊर्जा ग्रिन हाइड्रोजन हुने बताइएको छ। उद्योगले ग्रिन हाइड्रोजन र युरिया लगायतका केमिकल उत्पादन गर्नेछ।

प्रतिक्रिया