भाद्र २३/२४ को जेनजी आन्दोल आरोपी ओली र लेखक पक्राउ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ छन् । प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।

ओलीलाई मन्त्रिपरिषद्को निर्णयसहित अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।अहिले गुण्डु क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सो क्षेत्रमा केहि संख्यामा एमाले कार्यकर्ताको उपस्थिति पनि देखिएको छ । 

 पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

भदौ  २३ गते भएको जेनजी आन्दोलनका गृहमन्त्री रहेका लेखकले सोहि दिन राति राजीनामा दिएका दिएका थिए । भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया