शिक्षामन्त्री पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ता नियुक्त भएका छन् । शुक्रबार नियुक्त मन्त्रीको शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।

पोखरेल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

यसअघि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता बनाउने प्रचलन थियो।

 

प्रतिक्रिया