वर्तमान सत्ता समीकरणलाई लिएर चर्को विवादमा फसेको जनता समाजवादी पार्टी ९जसपा० अन्ततः विभाजित भएको छ ।
पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा बहुमत सांसदहरुले आज निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निवेदन दिएका छन् । जसपाका १२ मध्ये सात जना सांसद र कार्यकारिणी समितिका ५० प्रतिशत सदस्य विभाजनको पक्षमा उभिएको नेता मोहमद इस्तियाक राईले दाबी गरे ।
उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव विदेश भ्रमणमा छँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका राजेन्द्रप्रसाद श्रेष्ठसमेतले विभाजनलाई साथ दिएका छन् । नयाँ दल दर्ताका लागि अपरान्ह निर्वाचन आयोगमा पुगेका उनले राजनीतिक स्थिरता र सरकारको निरन्तरताका लागि आफूहरुले दल विभाजन गर्नुपरेको जिकिर गरे ।
२३ बैशाख २०८१, आईतबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार