हेटौँडा, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
यसअघि थापामगरको सरकार गठनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनलाई लिएर राजनीतिक विवादसमेत देखिएको थियो । राप्रपाको समर्थनका आधारमा सरकार गठन भएको विषयमा विभिन्न दल र नेताहरूले प्रश्न उठाउँदै आएका थिए ।
अब प्रदेश सभामा हुने विश्वासको मतले थापामगर नेतृत्वको सरकारको संसदीय आधार स्पष्ट गर्नेछ ।
८ भदौ २०८३, सोमबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार