काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ ।
सामाजिक सञ्जालको
प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा
सूचना,
सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई
लक्षीत गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गर्न लागिएको हो ।
यसका लागि पार्टीले
जिल्ला क्षेत्रको संगठनमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय भएर काम गरिरहेका
कम्तिमा १० देखि १५ जना व्यक्तिको नामसूचि एक साताभित्र केन्द्रीय कार्यालयमा
पठाउन भनेको छ ।
व्यक्ति छनौट गर्दा
संगठनभित्र सामाजिक सञ्जालको प्रयोगमा सक्रिय भएको, आइटीको प्राविधिक पक्षबारे दख्खल एवं जानकार भएको व्यक्ति हुनुपर्ने छ ।
साथै क्यामेरा, फोनमार्फत फोटो, भिडियो खिच्न र सम्पादन गर्न सक्ने तथा सञ्चारको
आवश्यक सामग्रीबारे बोल्न र लेख्न सक्ने क्षमता भएकोलाई प्राथमिकतामा राख्नुपर्ने
छ ।
त्यसैगरी संगठनको
विश्वसनियता र गोपनियताको विशेष ध्यान राख्न सक्ने युवा, विद्यार्थी, महिला, प्रेस मञ्च, सञ्चार र प्रचार विभागलाई प्राथमिकता दिने व्यक्ति आइटी सेलको लागि उपयुक्त
हुने भनिएको छ । पार्टीमा लामो समयदेखि सक्रिय
भएर काम गर्दै आएको र पार्टी संगठनको हित विपरित काम गरी कारबाहीमा नपरेको
व्यक्ति हुनुपर्ने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार