राजधानीको साँखुमा लागु ओषध प्रयोगकर्ता माथि गोली प्रहार

     काठमाडौँ । राजधानीको साँखुमा गोली चलेको छ । शुक्रबार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  ।

लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो ।

सो क्रममा एक लागू औषध प्रयोगकर्ता घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन । 

ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया