काठमाडौँ । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ ।
१७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विस्फोट भएका थिए । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो ।
समाचार संस्था रोयटर्सले दक्षिणी बेरुतमा चारजनाको अन्त्येष्ठिका लागि निकालिएको शवयात्राको क्रममा उक्त विस्फोट भएको स्थानीय सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै जनाएको छ।
यसअघि मङ्गलवार पनि कुराकानीका लागि प्रयोग हुने वाकीटकी विस्फोट हुँदा लेबनानमा १२ जनाको मृत्यु भएको थियो भने २ हजार ८ सयजना घाइते भएका थिए।
हिजबुल्लाहले पनि इजरायललाई यी विष्फोटको जिम्मेवारी दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन।
बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन्। यसपछि हिज्बुल्लाहका थप योजनाहरू अनुमान गर्न सकिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार