काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक माधवकुमार नेपालले सरकारले आफूलाई आवश्यक सुरक्षा र सुविधा नदिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। देशभित्र नै सुरक्षित महसुस गर्न नसके विदेश जान बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।
पत्रकार विनोद ढुङ्गेललाई दिएको अन्तर्वार्तामा नेपालले अन्य पूर्वप्रधानमन्त्रीको तुलनामा आफूमाथि विभेद गरिएको आरोप लगाए। उनका अनुसार अन्य पूर्वप्रधानमन्त्रीले सरकारबाट गाडी लगायतका सुविधा पाएका छन्, तर आफूलाई त्यस्तो व्यवस्था नगरिएको छ।
सुरक्षाको विषयमा उनले आफू सरकारसमक्ष सुविधा माग्न नजाने स्पष्ट पारे। कानुनले व्यवस्था गरेको सुविधा उपलब्ध गराउने दायित्व सरकारकै भएको उनको तर्क छ।
नेपालले भने, "कानुनले दिनुपर्छ भने दिने काम सरकारको हो। म सुरक्षा चाहियो भनेर माग्न जाने होइन। देशभित्र सुरक्षा पाइनँ भने विदेशिन्छु।"
पछिल्ला समय भ्रष्टाचारसम्बन्धी मुद्दा, राजनीतिक विवाद र सुरक्षा व्यवस्थालाई लिएर चर्चामा रहेका नेपालले दिएको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनको भनाइले पूर्वपदाधिकारीको सुरक्षा, राज्यबाट उपलब्ध गराइने सुविधा तथा राजनीतिक व्यवहारका विषयमा नयाँ बहस सुरु हुने संकेत देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार