जसपा नेपालद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमार्डौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

पार्टीका सांसद राजकिशोर यादवले जसपा नेपाल फुटाउन राज्य नै लागेको आरोप लगाए । सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै  सरकारमा बसिरहन उचित नरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको उनको तर्क छ । उनले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरु लाग्ने उल्लेख गरे । 

प्रतिक्रिया