फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं : उपेन्द्र यादव

 काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरुको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन् ।

‘यस्ता फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं,’ यादवले भने, ‘हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’

अध्यादेश सरकारले सदनको कार्यसूचीमा राख्नेबित्तिकै पार्टीले निर्णय लिने उनले बताए। ‘जुनबेला निर्णय काम लाग्छ त्यतिबेला न गर्ने हो, सरकारले कार्यसूचीमा राख्नेबित्तिकै निर्णय हुन्छ,’ उनले भने। आफूहरु अहिले सरकारमा जाने कुनै अवस्थामा नरहेको भन्दै देश र जनताको हितमा काम मात्र चाँहीएको बताए ।
उनले भने,‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं, मन्त्रालय मागेका छैनौं । देश र जनताको हितमा काम चाहिएको हो ।’

 

प्रतिक्रिया