काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यसअघि खेलेका तीनवटै खेलमा जित हात पारेको छ। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
यता, हङकङ चाइनाले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। उसले साउदी अरेबिया र मलेसियालाई पराजित गरेको थियो भने बहराइनसँग पराजित भएको थियो। त्यसैले सेमिफाइनलमा पुग्न हङकङ चाइनाका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली मलेसिया पठाएको छ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार