काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा उक्त ग्यास बरामद गरेको हो ।
ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ । ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय हुन् ।
प्रहरीका अनुसार लुइँटेलले ग्यासको कालोबजारी गर्दै आएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार उनले एउटा सिलिन्डर २ हजार ७५० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ ।
बरामद भएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका रहेको प्रहरीले जनाएको छ । एसपी कार्कीका अनुसार आरोपीले नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२६ भदौ २०८३, शुक्रबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार