१५औँ महाधिवेशनको तयारी : कांग्रेस खोटाङले ६ पालिकामा संयोजक तोक्यो

खोटाङ — नेपाली कांग्रेस खोटाङले पार्टीको १५औँ महाधिवेशन तथा जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिँदै जिल्लाका ६ पालिकामा संयोजक तोकेको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका जिल्ला संयोजक रोजन राईले एक नगरपालिका र पाँच गाउँपालिकामा संयोजकको जिम्मेवारी तोकेका हुन्।

राईका अनुसार बराहपोखरी गाउँपालिकामा खिलाराज राई (दीपक), जन्तेढुंगा गाउँपालिकामा अनिता राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अमृत गिरी, साकेला गाउँपालिकामा योगेश गुरुङ, हलेसी तुवाचुङ नगरपालिकामा सयन्द्र राई र खोटेहाङ गाउँपालिकामा कर्णबहादुर राउतलाई संयोजकको जिम्मेवारी दिइएको छ।

जिल्ला संयोजक राईले सामाजिक सञ्जालमार्फत नयाँ जिम्मेवारी पाएका पालिका संयोजकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै १५औँ महाधिवेशन तथा जिल्ला अधिवेशन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

उनले संगठन निर्माण, कार्यकर्ताबीचको एकता र समन्वयलाई थप मजबुत बनाउँदै कांग्रेसको संगठन सुदृढीकरणमा पालिका संयोजकहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया