काठमाडौं । मिस नेपाल २०२६ को उपाधि जितेसँगै दीपमाला ढकालले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्।
ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित उपाधि जितेकी हुन्। विभिन्न चरणका प्रस्तुति, प्रश्नोत्तर र निर्णायकहरूको मूल्याङ्कनपछि ढकाललाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ।
यससँगै मिस नेपाल कस्मो २०२६ का रूपमा कशिस सुब्बा र मिस नेपाल इन्टरनेशनल २०२६ का रूपमा आर्या निशात छनोट भएका छन्। उनीहरूले पनि सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
मिस नेपाल प्रतियोगिता सौन्दर्यसँगै व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र आत्मविश्वासलाई प्राथमिकता दिने राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगिता मानिन्छ। यस वर्षका विजेताहरूले अब विश्व मञ्चमा नेपालको पहिचान स्थापित गर्ने जिम्मेवारी पनि पाएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार