काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए भने मेहदी हसनले ३२ रनको योगदान गरे ।
पोखराले यस सिजनको पहिलो खेल खेलिरहेको छ । सुदूरपश्चिम भने दोस्रो खेलमा मैदान उत्रिएको हो । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।
गत सिजन ६ अंकसहित पाँचौँ स्थानमा रहेको पोखरा यसपटक सुखद सुरुआतको लक्ष्यमा छ । अघिल्ला दुवै संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम भने यस सिजन उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार