भारी वर्षाको जोखिम बढेपछि सरकार ‘हाई अलर्ट’मा, राति यात्रा नगर्न आग्रह

काठमाडौं — भारी वर्षाबाट बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि सरकारले देशभर विपद् प्रतिकार्यका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले ७ सय ५३ वटै स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई जोखिमयुक्त बस्ती पहिचान गरी नागरिकलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्।

नदी तथा खोला आसपासका बस्तीमा सुरक्षा निकायले माइकिङमार्फत स्थानीयलाई सचेत गराइरहेका छन्।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले सर्वसाधारणलाई रातिको समयमा यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया