दोहाबाट काठमाडौं आएका दुई यात्रुको साथबाट ६०५ ग्रामभन्दा बढी सुन बरामद

काठमाडौं, असोज ८ — कतारको दोहाबाट काठमाडौं आएका दुई यात्रु सुनसहित पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा उनीहरूको साथबाट ६०५ दशमलव ६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडी र बारा पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन्। प्रहरीका अनुसार थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रमा पक्राउ गरिएको हो। उनको साथबाट ५३६ ग्राम सुन फेला परेको थियो।त्यस्तै, अन्सारीको साथबाट ६९ दशमलव ६ ग्राम सुन बरामद गरिएको छ। उनी पनि कतारबाटै काठमाडौं आएका थिए।विमानस्थल सुरक्षा प्रहरी कार्यालयले दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको जनाएको छ। प्रहरीले सुन ओसारपसारको उद्देश्य र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया